स्वर्गीय सुदिपको स्मृतिमा शैक्षिक सामग्री वितरण

पाेखरा | असोज १५, २०८०

स्वर्गीय सुदिपको स्मृतिमा शैक्षिक सामग्री वितरण

पोखरा:    मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्व. सुदीप गौतमको स्मृतिमा प्रथम वार्षिकीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


स्व.गौतमको परिवारको आयोजना तथा नेपाली कांग्रेस माछापुच्छ्रे गाँउपालिका वडा नं ९ को संयोजनमा भएको कार्यत्रममा माछापुच्छ्रे गाँउपालिका ९ नं वडामा रहेको सरस्वती आधारभुत विद्यायमा अध्यनरत एक सय ३० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको सोही वडाका वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए। स्व गौतम नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य समेत थिए ।


शैक्षिक सामग्री वितरण कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले स्व.सुदिप गौतमले शिक्षा,स्वास्थ्य,पर्यटन तथा राजनीति क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै गौतमले देखेका अधुरा सपना पूरा गर्नका निम्ती पार्टी सदा लागिरहने प्रतिवद्धता जनाए । 


गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले गौतम सामाजिक रुपमा अत्यन्त क्रियाशील व्यक्ति भएको र उहाँको निधनले परिवारले मात्रै नभई सिंगो गाँउपालिकाले भावी अभिभावक गुमाएको बताए । 


गाँउपालिकाले गौतमको जिवनी स्थानीय पाठ्यत्रममा राखेको,शालिक बनाउन आवश्यक बजेट विनियोजन गरेको तथा मर्दी हिमाल पदमार्गमा विद्युतीकरणको कार्य समेत प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए । 


गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, नेपाली काँग्रेस जिल्ला सभापति किशोरदत्त बराल तथा काँग्रेस माछापुच्छ्रेका सभापति विरेन्द्र गुरुङले स्व.गौतमले एक होनावार कर्मशिल युवा परिवार,नेपाली कांग्रेसले मात्रै नभई सिंगो कास्की जिल्लाको समेत एक नक्षेत्र भएकाले त्यस्तो गुमाउदाको पिडाँ कहिल्यै भुल्न नसकिने बताए । 

 


स्व गौतमका श्रीमति कविता अर्यालले पतीको सपना साकार पार्ने आफ्नो एक मात्र योजना रहेको बताए ।गौतमका भाई प्रदिप गौतमले आफनो दाईको अधुरा सपनालाई पूरा गराउन आफु लागि रहेको र आगामी दिनमा दाईको सम्झनामा एक प्रतिष्ठान स्थापना गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने बताए । 


कार्यक्रममा आधारभुत विद्यालय तथा मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले गौतम मर्दी हिमाल पदमार्गमा संस्थापक अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा गरेका कार्यहरुको प्रशंसा गर्दै अधुरा रहेका कार्यहरुको पुर्ण गराउन आफुले सहयोग गर्ने बताए । 


गौतमको गत वर्ष मर्दी हिमाल ट्रेक अन्तर्गत पर्ने क्युँ(हाइक्याम्प) मा भीरबाट लडेर निधन भएको थियो । मर्दी हिमालको पर्यटन प्रर्वद्दन,सिधिङ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका साथै विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग विकासमा गौतमले ठूलो योगदान गरेका छन् । 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्